प्रदेशस्तरीय फुटबलमा स्याङ्गजा र नवलपुर विजयी
पाेखरा | भदौ १९, २०७९
पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय महिला फुटबलमा स्याङ्गजा र पुरुष फुटबल तर्फ नवलपुरले जितेको छ ।
पोखरा रंगशालाको बि ग्राउन्डमा शनिबार सम्पन्न भएको खेलमा कास्कीलाई शुन्यको विरुद्ध ५ गोल गर्दे स्याङ्गजाले जित निकालेको हो ।
स्याङ्गजाको जितमा पुष्पा गुरुङले खेलको १२ औ मिनेटमा गोलको खाता खोलेकी थिइन । त्यस्तै खेलको २२ औ मिनेटमा टीम क्यापटेन शुष्मा जिटीले गोल गर्दे गोल संख्या दोब्वर बनाएकी थिइन ।
खेल अवधीभर कास्की माथि हावी भएको प्रतियोगितको ३९ र ४० औ मिनेटमा सुक्रिया मियाँले २ गोल गरेकी थिइन । त्यस्तै खेलको ४८ औ मिनेटमा पुष्पा गुरुङले आफनो टीमको लागि अर्को १ गोल थप्दै जित सुनिश्चित गरेकी थिइन ।
विजयी खेलाडीहरुलाई एक कार्यक्रम बिच ट्रफी,मेडल र प्रमाणपत्र वितरण गरिएको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रन्जितले बताए ।
विजयीजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दे कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङले भोलि बेलुकी सम्म नवौ राष्ट्रिय प्रतियोगितमा सहभागी हुने गण्डकी प्रदेशको फुटबल खेलाडीहरुको अन्तिम नामवली प्रकाशन गरिने बताए ।
त्यसको लागि प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज गुरुङको संयोजकत्वमा ५ सदस्य कोर टीम बनाएको गुरुङले जनाए ।
पुरुष फुटबलमा नवपुरको जित
पोखरा रंगशालामा शनिबार सम्पन्न भएको पुरुष फुटबलमा लमजुङ्गलाई शुन्यको विरुद्ध १ गोल गर्दे नवलपुरले जित निकालेको छ ।
नवलपुरको जितमा खेलको ४३ औ मिनेटमा टेक बहादुर पाटाले गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा लमजुङ्गले खेल अन्तिम सम्म फर्कने प्रयास गरे पनि सफल हुन सकेन । अन्तत खेलको नजिता नवलपुरलाईलाई सुम्पन्न बाध्य भयो ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

